|
२०८३ श्रावण ९
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा बदली रहनेछ भने राति कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित केही प्रदेशका पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्