|
२०८३ श्रावण ८
काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले शुक्रबार पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले रातिको समयमा पनि मौसम बदली रहने र पहाडी तथा हिमाली क्षेत्रसँगै केही तराईका जिल्लामा समेत वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्