आज देशभर बदली, धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ७

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बिहीबार अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा औसत अवस्थामै रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली भएको छ। लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि मौसम बदली रहेको छ भने मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेस र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी र तराईका केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *