|
२०८३ श्रावण ११
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसमविद्का अनुसार पहाडी र हिमाली क्षेत्रमा व्यापक बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। अन्य तराई क्षेत्रमा समेत केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सर्वसाधारणलाई चट्याङ, पहिरो र बाढीको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्