|
२०८३ श्रावण १६
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार अधिकांश स्थानमा बदली रहने र वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने तराईका केही क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि अधिकांश भूभागमा वर्षाको क्रम जारी रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्