|
२०८३ श्रावण १६
जनकपुरधाम । सिरहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारसँग सरकारले आठबुँदे सहमति गरेको छ।
गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग भएको छलफलपछि निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, क्षतिपूर्ति, परिवारका सदस्यलाई निःशुल्क शिक्षा, रोजगारीको व्यवस्था तथा मृतकका बुबाआमाको निःशुल्क उपचारलगायत विषयमा सहमति भएको जानकारी दिए।
गृहमन्त्रीले घटनाको अनुसन्धान निष्पक्ष रूपमा अघि बढ्ने र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। गणेश यादवको साउन १४ गते गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्