आज देशभर बदली, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका अधिकांश क्षेत्रमा बदली रहने मौसमविद्ले बताएका छन्। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा चट्याङसहित पानी पर्न सक्ने अनुमान गरिएको छ।

विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हाल पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा वर्षा भइरहेको छ।

यात्रा गर्ने तथा नदी–खोलाको आसपास बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *