दाङका वन क्षेत्रमा २१ थान भरुवा बन्दुक फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा प्रहरीले खोजतलासका क्रममा २१ थान भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र चार थान छर्रा फेला परेका छन्। त्यसैगरी, बङ्गलाचुली गाउँपालिकाका जनचेतना र लालीगुँरास सामुदायिक वनबाट क्रमशः चार र आठ थान भरुवा बन्दुक बरामद गरिएको छ।

यस्तै, घोराही उपमहानगरपालिका–२ को च्याख्ली घाटस्थित राष्ट्रिय वनबाट थप आठ थान भरुवा बन्दुक फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *