देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ४

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार अधिकांश स्थानमा बदली रहने र मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि पहाडी तथा तराईका धेरै क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ।

विभागले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *