|
२०८३ असार १८
काठमाडौँ — देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने मौसमविद्ले बताएका छन्। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ।
यस्तै, लुम्बिनीको तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका थोरै क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्