|
२०८३ श्रावण १६
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक कटान हुँदा प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा रातिको समयमा मात्रै सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार बिपी राजमार्ग र कान्तिलोकपथमा तोकिएको समयका लागि सवारी सञ्चालन रोकिएको छ। यस्तै, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक तथा रसुवाको पासाङ ल्हामु राजमार्ग विभिन्न स्थानमा पहिरो र नदी कटानका कारण अवरुद्ध भएका छन्।
प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र वर्षायाममा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्