तुइनखोलामा फेरि ठूलो पहिरो, नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

इच्छाकामना गाउँपालिका–६ तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिउँसो ४:५५ बजे ठूलो पहिरो खस्दा सडक दुवै तर्फबाट अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालका अनुसार पहिरो अझै निरन्तर झरिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ।

उनले भने, “पहिरो झर्ने क्रम रोकिएको छैन, त्यसैले पन्छाउने कार्यमा धेरै समय लाग्ने देखिएको छ।”

यसअघि पनि गत शुक्रबार सोही स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो। सोमबार मात्रै यातायात पुनः सञ्चालनमा आएको थियो, तर आज पुनः पहिरो खस्दा सडक फेरि बन्द भएको हो।

प्रमुख लम्सालले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *