अरनिको राजमार्गमा पुनः यातायात सुचारु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

१९ असोज, काठमाडौं । धुलिखेल–खावा, पकुचालगायत स्थानमा खसेको पहिरो पन्छाएपछि अरनिको राजमार्गमा यातायात पुनः सुचारु भएको छ।

काभ्रे, सिन्धुपाल्चोक र दोलखाबाट काठमाडौं जोड्ने सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

उपकरणसहितको मर्मत टोलीले पहिरो हटाएपछि दुवैतर्फ सवारी सञ्चालनमा आएको हो। बाढी र पहिरोका कारण शनिवार बिहानदेखि सडक अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *