रमेश लेखकलाई ७ दिनभित्र बयान दिन आयोगले पत्र पठायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका उपस्थित हुन पत्र काटेको छ ।

आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि आयोगले मंगलबार पत्र काटेको हो । पत्रमा लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।

लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले कार्की नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *