काठमाण्डौँ । विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधी सभाको निर्वाचन घोषणा गरेसँगै दलहरु निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ । यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको संख्या १८ छ ।
जेन-जी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए। जेन-जी आन्दोलनपछि थप ९ दल दर्ताका लागि निवेदन परेको छ। १८ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ।
आयोगमा हाल दल दर्ताको प्रमाणपत्र लिइसकेका दलको संख्या १ सय २५ छ ।
दल दर्ताका लागि निवेदन दिएकाले अबको १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । आयोगले यही कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने गरी समय तय गरेको छ ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्