ओली र लेखक पक्राउ नहुनुको कानुनी कारण ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

काठमाडौँ । जेनजी आन्दोलनमा गोली चलाएर बालबालिकासहित ७५ जनाको मृत्यु भएको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरिएको थियो। सुदन गुरुङले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले अस्वीकार गर्‍यो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग गठन भइसकेको छ। कानुनविद्हरूका अनुसार “आन्दोलन दबाएको” भन्ने आरोपमा मात्रै पक्राउ गर्न मिल्दैन।

अधिवक्ता डा. सुवास आचार्यका अनुसार यदि गोली चलाउने व्यक्तिले ओली वा लेखकको आदेशमा गोली चलाएको प्रमाणित भयो भने मात्रै उनीहरूलाई “ज्यान मुद्दा” अन्तर्गत अनुसन्धान गर्न सकिन्छ।

त्यसैले, हालसम्म कुनै ठोस कानुनी आधार नभएकाले प्रहरीले पक्राउ नगरेको स्पष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *