प्रधानमन्त्री कार्कीको अपाङ्गता समावेशी विकासमा प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ, २०८२ मंसिर १७ – प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखेर समावेशी विकास र शासन सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छ

अपाङ्गता दिवसको अवसरमा जारी सन्देशमा उनले भनिन् कि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न सरकार सक्रिय छ।

प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र समतामूलक जीवन सुनिश्चित गर्न राज्यको नीति रहेको र भौतिक, दृष्टिकोणजन्य, सञ्चार तथा कानुनी अवरोध हटाउनु आजको आवश्यकता भएको उल्लेख गरिन्।

उनले तीन तहका सरकारहरूले रोजगार, स्वरोजगार र पुनःस्थापनामा संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिइन्। संविधान, अन्तर्राष्ट्रिय सन्धि र कानुनहरूले अपाङ्गता भएका व्यक्तिका अधिकारको संरक्षण गरेको उनले स्मरण गराइन्।

प्रधानमन्त्रीले दिवसले सरकारी र गैरसरकारी संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिका हक, हित र सुविधामा अझ सक्रिय काम गर्न प्रेरणा दिने आशा व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *