निर्वाचन तयारीमा जुट्न प्रधानमन्त्री कार्कीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्।

सिंहदरबारमा भएको भेटमा उनले आयोगसँग आवश्यक सहजीकरणका लागि सरकार तयार रहेको बताइन्। साथै, राजनीतिक दलहरूसँग संवाद थाल्न पनि आग्रह गरिन्। आयोगले असोज ३० गते दलहरूसँग छलफलको कार्यक्रम तय गरिसकेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *