प्रधानमन्त्री कार्कीको पहलमा जेनजी र दलहरू छलफलमा बस्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठनपछि पहिलोपटक प्रमुख राजनीतिक दलहरूसँग बालुवाटारमा संवाद गरेकी छन्। संवादमा ढिलाइबारे दलहरूले प्रश्न उठाएपछि उनले आन्दोलनपछिको व्यवस्थापनमा लागेको कारण ढिलो भएको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले प्रारम्भिक चरणमा जेनजी युवाहरू संवादमा इच्छुक नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा दुवै पक्षबीच संवादको ढोका खुलेको बताइन्।

बैठकमा प्रमुख दलका शीर्ष नेताहरूको उपस्थिति थियो भने प्रधानमन्त्रीले आगामी फागुन २१ मा हुने निर्वाचन शान्तिपूर्ण र समयमै सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोहोर्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *