प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा सहकार्य गरौँ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सहकार्य गर्न सबैलाई अपिल गरेकी छिन्।

नेपाल संवत् ११४६ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचन सम्पन्न गराउन पूर्णतः कटिबद्ध रहेको बताउँदै जनतालाई भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न आग्रह गरिन्।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाले देखाएको सामाजिक एकता र मानवीयताको बाटोबाट प्रेरणा लिनु पर्नेमा जोड दिँदै, सबै वर्ग, समुदाय र राजनीतिक दलको सहयोग रहने विश्वास व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *