विश्वप्रकाश शर्माले रोजे वरिष्ठ उपसभापतिको प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दिएका छन्।

शर्माको तर्फबाट पुष्पराज पौड्यालले निर्वाचन समितिमा पुगेर मनोनयन फाराम दर्ता गराएका हुन्। उनको उम्मेदवारीका लागि झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी प्रस्तावक रहेका छन्।

त्यस्तै, झापाका सुधीर सिवाकोटी र देउकुमार थेवेले शर्माको उम्मेदवारीलाई समर्थन गरेका छन्। कांग्रेसले विधान संशोधन गरी यसै महाधिवेशनबाट वरिष्ठ उपसभापति पद थप गरेपछि उक्त पदमा शर्माले उम्मेदवारी दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *