नेका–जसपा एकता वार्ता पेरिसडाँडामा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच पेरिसडाँडामा एकता वार्ता सम्पन्न भएको छ। आज पूर्व माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा दुवै पक्षका शीर्ष नेताहरू सहभागी भएर वार्ता गरेका हुन्।

एकता संवादका लागि जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। श्रेष्ठसहितका जसपा नेताहरू पेरिसडाँडा पुगेका थिए।

नेकपाबाट वर्षमान पुन, देव गुरुङ तथा प्रमेश हमाल वार्तामा सहभागी भएका थिए। जसपाले नेकपासँग एकता प्रक्रियामा अघि बढ्न सकारात्मक धारणा देखाएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *