सरकार र मिटरब्याजी पीडितबीच वार्ता फेरि बस्ने गरी सकिएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोजकुमार पासवान नेतृत्वको टोली सहभागी थियो ।
मिटरब्याजीविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्ने गरी वार्ता सकिएको जानकारी दिए ।
काठमाडौं । सरकार र मिटरब्याजी पीडितबीच वार्ता फेरि बस्ने गरी सकिएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोजकुमार पासवान नेतृत्वको टोली सहभागी थियो ।
मिटरब्याजीविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्ने गरी वार्ता सकिएको जानकारी दिए ।
संघर्ष समितिले सरकारी वार्ता टोलीको संयोजक सहसचिव शर्मालाई प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग बुझाएको छ। सरकारी टोलीसँगको वार्तामा मागका सम्बन्धमा बृहत रुपमा छलफल भएको संघर्ष समितिका संयोजक पासवानले जानकारी दिए ।
मिटरब्याजविरुद्धको संघर्ष समिति तर्फबाट यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदनसमेत अध्ययन गर्न र अन्य पीडितहरुसँग छलफल गर्न समय माग भएकाले आज साँझ ६ बजे पुन: छलफल गर्ने गरी वार्ता सकिएको हो ।
प्रधानमन्त्री दाहाललाई उनीहरुले लेखेको पत्रमा मिटरब्याजबाट पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठनको माग गरेका छन् । साथै तमसुक व्यवस्था खारेज हुनु पर्नेलगायत उनीहरुको माग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया