हतारमा पार्टी एकता नगर्न नारायणकाजीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता प्रक्रियामा हतार गर्न नहुने बताएका छन्।

श्रेष्ठले भने, “नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक र सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो। तर, एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहित अगाडि बढाउन सकिए मात्र यसले सकारात्मक परिणाम दिनेछ।”

उहाँले माओवादी र नेकपा एकीकृत समाजवादीबीचको पार्टी एकता प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनको मागअनुसार हेर्नुपर्ने बताए। साथै, “एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको सुरुवातको भूमिका खेल्नुपर्छ। सम्बन्धित पार्टीहरूले विभाजित नभएर समष्टिमा सहभागी हुने सुनिश्चित गर्नुपर्छ। त्यसका लागि धैर्यपूर्वक प्रयास गरौँ। हतारमा काम गर्दा न समग्र एकता, न सार्थक पुनर्गठन हुने अवस्था आउन सक्छ,” उनले चेतावनी दिनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *