×

जसपाबाट फेरि मन्त्री बन्दै यादव र सुडी

असार ३१, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : जनता समाजवादी पार्टीले उपमहासचिव प्रदीप यादव र नवलकिशोर साह सुडीलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाउने भएको छ ।

जसपाले यादवलाई खानेपानी र सुडीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी सरकारमा पठाउन लागेको हो । यादव यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य र सुडी वनमन्त्री थिए ।

जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाट यादव सरकारमा सहभागी भएका थिए । सुडी भने त्यसअघि नै वन तथा वातावरणमन्त्री रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: