कुलमान घिसिङ अन्तरिम सरकारको नेतृत्वका लागि तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौँ । उज्यालो नेपालका नायक कुलमान घिसिङ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि तयार रहेको उनका सचिवालय स्रोतले जनाएका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार जंगीअड्डामा घिसिङसँग छलफल गरेका थिए भने उनी काठमाडौंका मेयर बालेन शाहसँग पनि नियमित सम्पर्कमा छन्।

जेनजी समूहले गरेको भर्चुअल छलफलमा घिसिङलाई नेतृत्वको जिम्मा दिनुपर्ने आवाज उठेको थियो। सामाजिक सञ्जाल डिस्कर्डमा पनि घिसिङको पक्षमा बलियो समर्थन देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *