काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाएका कुलमान घिसिङले आजदेखि जिम्मेवारी सम्हाल्ने हुनभएको छ ।
चार वर्षे कार्यकाल पूरा गरी गत भदौमा अवकाश लिनु भएका घिसिङलाई गत सोमबारको मन्त्रिपरिषद् वैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले आज नियुक्तिपत्र दिएपछि पदवहाली गरी जिम्मेवारी सम्हाल्ने जानकारी घिसिङले दिनुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणमा खाईपाई आएको सुविधान दिनेगरी जल तथा ऊर्जा आयोगमा पठाएर घिसिङलाई नियुक्त गरेको हो ।
शाक्यले हिजोबाटै प्राधिकरणबाट विदा लिईसक्नु भएको छ । अघिल्लो कार्यकालमा देशलाई लोडसेडिङ मुक्त गर्न सफल भएपछि घिसिङको लोकप्रियता बढेको थियो भने उहाँले विद्युत् प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पु¥याउनु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया