चितवन निकुञ्ज र आसपासमा साउन यता ४ वटा गैँडाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

चितवन — चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन महिनादेखि अहिलेसम्म चार वटा गैँडाको मृत्यु भएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तीमध्ये तीन वटा गैँडा प्राकृतिक कारणले मरेका हुन् भने एउटा गैँडा विद्युतीय करेन्ट लागेर मरेको हो।

पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको एक गैँडा मृत फेला परेको छ। यससँगै चालु आर्थिक वर्षमा मृत गैँडाको संख्या चार पुगेको छ। मृत भेटिएका गैँडामध्ये दुई वटा भाले, एक पोथी र एकको पहिचान नखुलेको बताइएको छ।

गत आर्थिक वर्षमा मात्रै निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए। सन् २०२१ को जनगणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको तथ्यांक छ।

निकुञ्ज प्रशासनले गैँडाको संरक्षणमा थप चासो दिनुपर्ने आवश्यकता देखिएको बताउँदै अनुसन्धान र निगरानी कार्यलाई सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *