२७ जेठ, काठमाण्डाैं । चितवनस्थित वरन्डाभार संरक्षित वन क्षेत्रमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला परेको छ । वनका हेरालुहरुले गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपालले जनाएका हुन्।
“हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको घाँसे मैदानमा खागजस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो,” नेपालले भने, “आज यसलाई सुरक्षित गरेर ल्याइएको छ ।”
उनका अनुसार खागको प्रकृति हेर्दा चोरी–सिकारी गर्ने उद्देश्य नभई गैडा आपसमा जुधेर झरेको हो। खागलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइने उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया