×

एक सिङे गैँडाको गणना आजबाट सुरु

चैत्र ९, २०७७ | दाक्सु मिडिया

चितवन – विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आज (सोमबार) देखि हुँदै छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गैँडा गणना एकैसाथ हुँदै छ ।

वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बरालले जानकारी दिए । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो ।

चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ । दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ ।

चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । पाँच’पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना भाइरस –कोभिड–१९) र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: