काठमाडौँ, २१ असोज २०८२ – चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत समाजप्रति गहिरो प्रश्न उठाएकी छन्।
अहिले अमेरिका साङ्गीतिक टुरमा रहेकी एलिनाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमार्फत लेखेकी छन्,
“गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने?”
उनको यो सन्देशसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले उनको विचारलाई समर्थन गरेका छन् भने केहीले यसलाई आत्मअन्वेषणको रूपमा लिएका छन्।
एलिना चौहान पछिल्लो समयकी लोकप्रिय गायिका हुन्। केहि समय अघि गायक विष्णु सापकोटासँगको सम्बन्ध विच्छेद पछि पनि उनी आफ्नो साङ्गीतिक यात्रामा निरन्तर सक्रिय छिन्। हाल उनी अमेरिकाको विभिन्न शहरहरूमा कन्सर्ट गर्दैछिन्।
उनको यो प्रश्न केवल व्यक्तिगत अनुभवको प्रतिविम्ब मात्र नभएर सामाजिक सोचमा परिवर्तनको मागसमेत हो भन्ने प्रतिक्रिया आइरहेका छन्।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्