बागमती सरकारको शक्ति परीक्षण भोलि, मुख्यमन्त्री थापा संसद्मा उत्रिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ७

काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभामा आफ्नो सरकारको पक्षमा बहुमत जुटेको प्रमाणित गर्ने भएका छन्।

प्रदेशसभा सचिवालयले भदौ ८ गते दिउँसो १ बजे बैठक बोलाएको छ। उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले यसअघि भदौ ७ गते नै विश्वासको मत लिने तयारी गरेका थिए। पछि मिति परिवर्तन गरी सोमबारका लागि बैठक बोलाइएको हो।

संविधानको धारा १६८(२) अनुसार भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाका लागि सोमबारको मतदान सरकारको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण मानिएको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकारलाई बहुमत कायम गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *