×

गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने

माघ १७, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् ।

यो उनको दोस्रो विवाह हुनेछ । गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ ।

यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । स्रोतका अनुसार अञ्जुले भव्य रुपमै विवाह गर्दैछन् ।

हुन त उनीहरूको विवाहको मिति भने घोषणा गरिएको छैन । भनिन्छ, विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको छ ।

गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । सिंगल भएपछि विवाहको प्रश्नले घेरिरहेकी गायिका पन्तले अब त्यसको सामना गर्नुपर्ने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: