×

गायिका एलिनाले गरिन् विष्णुसँग सम्बन्ध विच्छेद

माघ २९, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् ।

मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्ध विच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’
उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् ।

‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ उनले भनेकी छिन् ।

विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह नहुने भन्‍दै उनले यसका लागि भावनात्मक मिलन, आपसी विश्वास र समझदारी हुनपर्ने बताएकी छिन् ।

एलिनाले विष्णुलाई अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश दिएकी छन् ।

‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्’ । ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’ उनले स्टाटसमा लेखेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: