|
२०८३ भाद्र ७
मोरङ । वैदेशिक रोजगारीबाट फर्किएका मोरङ लक्ष्मीमार्गका युवा अहिले आफ्नै ठाउँमा राँगाको सुकुटी उत्पादन गरी राम्रो आम्दानी गर्न थालेका छन्।
कतारमा ६ वर्ष काम गरेका प्रेम श्रेष्ठले सुरु गरेको व्यवसाय अहिले मासिक सयौँ किलो सुकुटी बिक्री गर्ने अवस्थामा पुगेको छ। प्रतिकिलो रु २,७०० मा बिक्री हुने सुकुटीबाट उनले मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
मलेसियामा ८ वर्ष बिताएका दिलीप श्रेष्ठलगायत अन्य युवासमेत यस व्यवसायमा जोडिएका छन्। स्थानीय बजारसँगै बेलायत र अमेरिकामा रहेका नेपालीबाट समेत सुकुटीको माग आउन थालेको व्यवसायीहरू बताउँछन्।
परिवारसँगै बसेर आफ्नै गाउँमा व्यवसाय गर्न पाउँदा विदेशको तुलनामा बढी सन्तुष्टि मिलेको उनीहरूको भनाइ छ। बढ्दो मागका बाबजुद जनशक्ति र उत्पादन क्षमताको अभाव भने चुनौती बनेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्