गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १९

काठमाण्डौँ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् ।

उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।

आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोका ती अधिकृतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *