|
२०८२ आश्विन ७
काठमाडौं — धरानका मेयर हर्क साम्पाङले ऊर्जा मन्त्रीमा कुलमान घिसिङ र शिक्षा मन्त्रीमा महावीर पुनको नियुक्तिपछि उनीहरूलाई असफल बनाउने षड्यन्त्र हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, “कुलमान र महावीर पुनलाई समेत असफल बनाउने खेल खेलिन्छ कि भन्ने खतरा र पिर छ है। किनकि सरकार हाम्रो आफ्नै होइन।”
उनको यो टिप्पणीले सरकारभित्र सुधारका पक्षधरहरूमाथि हुन सक्ने अवरोधप्रति संकेत गरेको छ। जनता माझ लोकप्रिय छवि बनाएका कुलमान र महावीरलाई सफल हुन दिन सरकारले सहयोग पुर्याउला कि नपुर्याउला भन्ने प्रश्न उठ्न थालेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्