|
२०८३ भाद्र ७
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिस्ट शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमाले र नेकपा मसालसँग गरिएको तीनबुँदे सहमति तत्कालीन राजनीतिक रणनीति मात्र नभई दीर्घकालीन सोचका साथ अघि बढाइएको दाबी गरे।
प्रचण्डले विगतका कमजोरीबाट पाठ सिक्दै सबै कम्युनिस्ट शक्तिलाई साझा मुद्दामा एकताबद्ध भएर आन्दोलनको तयारी गर्न आग्रह गरे। उनले मुलुकको राष्ट्रियतामाथि चुनौती बढेको भन्दै त्यसको सामना गर्न राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्