|
२०८२ आश्विन ५
गायिका एलिना चौहानले आफ्नो फेसबुक आइडी दुरुपयोग भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेकी छन्।
केही व्यक्तिहरूले उनको नाममा पैसा माग्ने प्रयास गरिरहेको जानकारी उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। एलिनाले ठगहरूलाई पैसा नदिन र त्यस्ता सन्देश आए तुरुन्त ब्लक तथा रिपोर्ट गर्न अनुरोध गरेकी छन्।
उनले ठगी प्रयासको स्क्रिनसटसमेत पोस्ट गरेकी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्