मुग्लिनको पहिरोपछि सुधार : पृथ्वी राजमार्गमा अब इन्धन अभाव छैन — आयल निगम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा गएको पहिरोका कारण केही दिनयता प्रभावित पेट्रोलियम आपूर्ति अहिले पुनः नियमित भएको नेपाल आयल निगमले जनाएको छ ।

पहिरोका कारण ट्यांकरहरू आवागमन गर्न नसक्दा पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न पेट्रोल पम्पहरूमा पेट्रोल तथा डिजेलको अभाव देखिएको थियो । तर, सडक सुचारु भएसँगै इन्धन आपूर्ति पुनः सामान्य भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘मुग्लिन-नारायणगढ सडक अवरुद्ध हुँदा देखिएको समस्या अहिले समाधान भइसकेको छ । अब पृथ्वी राजमार्गका पेट्रोलपम्पहरूमा पेट्रोलियम पदार्थको कुनै अभाव छैन,’ ठाकुरले भने, ‘सरोकारवाला सबै पक्षलाई यसबारे जानकारी गराउन चाहन्छौं ।’

निगमले इन्धन आपूर्ति पुनः सुचारु भएको जानकारी दिँदै उपभोक्तालाई पैनिक नहुन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *