पहिरोका कारण बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ११

काठमाडौं । पहिरोका कारण हिजो साँझदेखि बन्द भएको मुग्लिन–नारायणघाट सडक खण्ड खुलेको छ ।

मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सेतीदोभानमा हिजो साँझ ८ बजे खसेको पहिरो बिहान हटाइएको हो ।

यस्तै मुग्लिन–नारायणघाट सडकखण्डकै चारकिलोमा भने एकतर्फी मात्रै सडक खुलेको छ ।

पहिरोका कारण गएरातिदेखि यो खण्ड पनि बन्द थियो । अहिले पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *