|
२०७७ माघ २९
काठमाडौँ – भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।
निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Raj Bhattrai
September 22, 2025पेट्रोलियम पदार्थको मनपरि कर मनपरि लुट तन्त्र विरुद्ध खुलेर लागौं