पूर्वपदाधिकारीको सेवा सुविधा कटौती गर्न अर्थ मन्त्रालयको पत्राचार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १०

काठमाण्डौँ । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवा सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार (असोज १०) गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ ।

पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नुरगराउनु हुन र कानुन बमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्नरगराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२/०६/१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको ब्यहोरा जानकारी गराइन्छ, अर्थ मन्त्रालयले भनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Ebony3148

    September 26, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *