अर्थ मन्त्रालयद्वारा निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्चको सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १८

१८ असार, काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा खर्चमा सहमति भएको छ। निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी मन्त्रालयले सहमति प्रदान गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनमा उक्त रकम खर्च गरिने भएको छ। निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *