काठमाडौं — जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा केही क्षति पुगेको भए पनि नियमित तलबभत्ता वितरणमा कुनै समस्या नआउने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले राष्ट्र बैंक सुरक्षित रहेको जानकारी दिएका छन्। बैंकका अनुसार सर्वसाधारणका निक्षेप पनि पूर्ण रूपमा सुरक्षित छन्। बैंक क्षेत्रका जानकारहरूले पनि राष्ट्र बैंकलाई ठूलाे क्षति नभएको बताएका छन्।
अर्थ मन्त्रालयले पनि आफू अन्तर्गतका अनलाइन प्रणालीहरू सामान्य रूपमा सञ्चालनमा रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म तलबभत्ता रोकिने कुनै निर्णय नभएकोले नियमित रूपमा वितरण जारी रहनेछ।
नेपालमा हाल ८५ हजार निजामती कर्मचारी, १.६८ लाख शिक्षक, ९७ हजार सैनिक, ३८ हजार सशस्त्र प्रहरी, र ८० हजार नेपाल प्रहरी छन्। यी सबैको मासिक तलबभत्ता अर्बौं रुपैयाँ पुग्ने अनुमान छ।
असार मसान्तसम्म सरकारको राष्ट्र बैंकमा १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको तथ्यांकले देखाउँछ। केन्द्रीय बैंकले तलबभत्ता वितरणका लागि पर्याप्त स्रोत रहेको भन्दै कुनै समस्या नहुने स्पष्ट पारेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्