सुदन गुरुङको पत्रकार सम्मेलनमा लफडा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

काठमाण्डौँ । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाएका थिए ।

वार्ताको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी समेत दिएका थिए ।

यसैक्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञास गरे । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

दुवैपक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *