बालेनलाई कांग्रेसको आग्रह : भोटेकोशी विपद् र जलवायु संकट विश्वमञ्चमा उठाउनु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

भेटमा कांग्रेस नेताहरूले भोटेकोशी विपद्, जलवायु परिवर्तनको असर र हिमाली राष्ट्रका समस्यालाई संयुक्त राष्ट्रसंघको विश्वमञ्चमा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार भेटमा पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार पारेको जलवायु परिवर्तनसम्बन्धी अवधारणासमेत प्रधानमन्त्रीलाई बुझाइएको छ ।

नेपालले विश्वमा न्यून कार्बन उत्सर्जन गरे पनि जलवायुजन्य विपद्को ठूलो असर भोगिरहेको विषय तथ्यसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

साथै, भोटेकोशी विपद्मा ज्यान गुमाएका नागरिक र आफन्तको पहिचानका लागि डीएनए परीक्षण कुरिरहेका परिवारको मानवीय अवस्थालाई समेत महासभामा उठाउन आग्रह गरिएको शर्माले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *