काठमाडौं । देशका विभिन्न भूभागमा आज मौसमको अवस्था एकनास नहुने देखिएको छ। हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही ठाउँमा वर्षा हुने सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ। यसैबीच मध्यपूर्व बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप सक्रिय हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने अनुमान गरिएको छ।
हाल कोशी प्रदेशसहित हिमाली र पहाडी भूभागमा धेरैजसो बादल लागेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा वा आंशिक बदलीको अवस्थामा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो पनि हिमाली र पहाडी भेगमा बदली कायमै रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागका थोरै ठाउँमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्