त्रिपुरेश्वर बस आगलागीका घाइते चालकको अवस्था गम्भीर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ ।

सोमबार त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको खुलेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *