|
२०८२ भाद्र १६
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् ।
चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा रहेका छन् ।
प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्